गोरखा– १ र २ मा नेपाली कांग्रेस विजयी

गोरखा– १ र २ मा नेपाली कांग्रेस विजयी

congres-gorkha

गोरखा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नम्बर–१ (ख) र २ (ख) मा नेपाली कांग्रेसले जितेको छ ।

आज बिहान सम्पन्न मतगणनामा नम्बर–१ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् ।

न्यौपाने १६ हजार २६१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहन भट्टराईले सात हजार ५३३ मत पाएका छन् । सो क्षेत्रमा २९ हजार ६८६ मत खसेको थियो ।

यस्तै, क्षेत्र नम्बर २ (ख) मा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । पाण्डे १६ हजार आठ सय ८२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत पाएका छन् । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले निर्वाचित भएका हुन् ।

सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ