कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराईले १० हजार ५२६ मतका साथ अग्रता लिइरहेकी छिन् ।
उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ७ हजार ५३२ मत पाएका छन् । कँडेलले सुरूदेखि नै लिड् गरिरहेका थिए ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल भने ५ हजार ६०२ मत पाएका छन् । राप्रपाका सुवर्णराज पन्तले २ हजार ४०६ मत पाएका छन् ।