सुकुम्बासीले गरे काठमाडौं महानगरपालिका घेराउ

सुकुम्बासीले गरे काठमाडौं महानगरपालिका घेराउ

ktm

काठमाडौं । काठमाडौंमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।

महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएका सुकुम्वासीहरु प्रदर्शनमा उत्रिएका हुन्।

सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत उनीहरूले माग गरेका छन्।

सोमबार बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडप भएको थियो। उक्त झडप हुँदा नगर प्रहरी बलका प्रमुखसहित १८ जना प्रहरी घाइते भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ