पोखरा । यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागि हुने खेलाडीहरुको लागि शनिबार देखि आवेदन खुल्ला हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा आउँदो पुष ७ देखि ९ गते हुने टुर दी पोखरामा सहभागि हुने खेलाडीहरुले विभिन्न स्थान तथा माध्यमबाट समेत आवेदन दिन सक्ने व्यबस्था मिलाएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए ।
उनका अनुसार साइकल सिटिको अफिसियल फेसवुक पेज र त्यसै गरी साइकल ल्याण्ड पोखरा न्यूरोड, चालिसे साइकल सेन्टर सृजनाचोक, तामा टुसा रेष्टुरेण्ट रामबजार, रानीपौवा पेट्रोल पम्प, रानीपौवा, लुम्बिनी फोटो स्टुडियो जिरोकिलोमिटर, लान्द्रुक आयाल डिष्ट्रिब्यूटर्स हरिचोक लगायतका स्थानमा सहभागि खेलाडीहरुले सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन्।
अघिल्ला दुई बर्ष कोरोनाको कारण प्रभावित भई स्थगित भएको उक्त इभेण्टलाई यस बर्ष भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न आफुहरु विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंग चरणवद्ध छलफलमा जुट्दै आएको संयोजक गोङ्गजुले जनाए । टुर दी पोखराको पूर्व सन्ध्यामा पोखरामा पुष ६ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको समितिका अध्यक्ष दीपक गोदारले बताए । करिब २० किलोमिटर साइकल प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए ।
स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागी हुने भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए ।
टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा हुने भएको संयोजक गोङ्गजुले जनाए ।
कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान आफुहरुले सुरु गर्ने बताएका उनले अब साइकलको प्रयोगलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए । पुष ७ गते हुने उक्त साइकल यात्रामा काठमाण्डौं देखि देशका विभिन्न स्थानबाट सहभागि हुने भएको आयोजकले दाबी गरेको छ । पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्याली हुने भएको छ भने सोही दिनमै उक्तदान कार्यक्रम समेत हुने भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए ।
उक्त साइकल र्यालीमा करिब १ हजार ५ सय जना सहभागि हुने अपेक्षा गरिएको उनले जनाए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रर्दशनी केन्द्रमै पुगेर समापन हुने भएको छ ।
यसैबिच साइकल सिटी पोखराले पोखरामा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंग छलफल गरी उक्त कार्यक्रमलाई सफल पार्न आग्रह गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी