पोखरा । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको उद्घाटन भएको छ।
बिहीबार महिला सिप विकास संस्थाको सभाहलमा प्रमुख अतिथि सिटिइभिटीको आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्रिन्सिपल मोतीमाया सुवेदीले उद्घाटन गरेकी हुन्।
कार्यक्रमको उद्घाटन गर्दै सुवेदीले प्रशिक्षार्थीलाई सक्रियाता पूर्वक सहभागी भएर तालिमबाट दक्षता हाँसिल गर्न आग्रह गर्दै निःशुल्क हातमा सिप र दिमागमा ज्ञान लिनपाइने अवसरको सदुपयोग गर्न जोड दिइन् । आफूले आफैलाई बनाउनका लागि केही कुरामा त्याग गर्नै पर्ने भएकाले १२ दिनको सिप सिकाईलाई पहिलो पाइला मान्न पनि आग्रह गरिन् ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सिप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर उठ्दैन भन्दै सिकेको सिपलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले तालिम लिएपछि प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गरिन् । संघकी कोषाध्यक्ष गोमा ढकालले हामी महिलाको समय त्यसै खेर गइरहेको हुन्छ भन्दै त्यसलाई सदुपयोग गरेर दुईचार पैसा आर्जन गर्दा आत्म निर्भरताको बाटो समात्न सजिलो हुने बताइन् । साथै महिलाहरूले उत्पादन गरेको हस्तकलाका सामग्रीको विक्री कक्ष आवश्यक रहेको पनि उनले बताइन् ।
पोखरा उद्योग वाणिज्य संघले यही मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रस्थित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ को छेको पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय र कास्की पोखरा हस्तकला संघको सहकार्यमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सिप तालिम प्रदर्शनी सञ्चालन गरिएको हो ।
औद्योगिक व्यापार मेलामा महिला हस्ताकलाका सामग्रीको प्रदर्शनी र प्रत्यक्ष रूपमा सिप सिकाइ र तालिमको अवलोकन गरी लाभ लिन सकिने छ । तालिममा २० जना महिलालाई सिप सिकाइने छ । गुडिया र कुसन बनाउने तालिमका लागि कविता विसुङ्खे र प्राकृतिक रेशा एवम् खोस्टाबाट हस्तकलाका सामग्री बनाउने सिपका लागि हिमकुमारी पुनले प्रशिक्षकको भूमिकानिर्वाह गर्ने कुरा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जानकारी दिइन् ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संघका सचिव बुद्धि पुर्जाले गरेका थिए भने संघकी उपाध्यक्ष सीता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु