धनुषा । धनुषाको वीरेन्द्रबजारमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ।
ज्यान गुमाउनेमा दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा जीप चालक धनुषाका धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुर रहेको प्रहरीले जनाएको छ।
आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९६ नम्बरको जीपलाई माछा बोकेको ज १ च १४९६ नम्बरको जीपले ठक्कर दिएको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय अर्वण साह, १० वर्षीय आयुषकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीया प्रियङ्का साह, ५ वर्षीया प्रतिका साह र ४ वर्षीय अंशु साह रहेका छन्। उनीहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ। घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
ठक्कर दिने जीप र जीपका चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
रुकुम पश्चिम जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते
स्याङ्जामा मोटरसाइकल दुर्घटना: राष्ट्रिय कृषि परियोजना कास्कीका प्रमुख लम्सालको मृत्यु
इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?