एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

gokul baskota

काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा आज बिहान प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो। अहिले प्रहरीको टोली सो स्थानमा पुगेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जनाइएको छ।

अहिले बास्कोटा काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ