‘क्याटवाक’ मा एकदेव लिम्बूकाे पोखरामै पहिलाे शो

‘क्याटवाक’ मा एकदेव लिम्बूकाे पोखरामै पहिलाे शो

एकदेव

गायक एकदेव लिम्बुले पोखरामा पहिलो पटक शो गर्ने भएका छन् । पोखराको ‘क्याटवाक’ क्लबमा लिम्बुले प्रत्यक्ष सांगीतिक प्रस्तुति गर्ने भएका हुन् ।

उदयीमान गायक लिम्बुले आगामी बुधबार पोखरामा लाइभ कन्सर्ट गर्न लागेका हुन् । ‘गाजल टिकी’, ‘सिर्फुल’, ‘क्या राम्री, किन बोल्दैनौ’ जस्ता चर्चित गीतका गायक लिम्बुकाे ‘क्याटवाक’मा लाइभ कन्सर्टको तयारी पूरा भएको र टिकट बिक्री भइरहेको क्याटवाकका संचालक गुप्त लामाले बताए । युवामाझ राम्रो क्रेज भएका कलाकारको प्रस्तुतिले पोखरा रमाउनेछ भन्नेमा सञ्चालक लामा ढुक्क छन् ।

करिब ४ महिना अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा संगीतकार र गायक एकदेव लिम्बुलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सय र त्यसपछिको टिकट मूल्य २ हजार रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छुट दिने उद्देश्यले चरणवद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ