काठमाडौंमा चिनियाँ नागरिकको झगडा, चक्कु प्रहारबाट एकको मृत्यु, एक गम्भिर

काठमाडौंमा चिनियाँ नागरिकको झगडा, चक्कु प्रहारबाट एकको मृत्यु, एक गम्भिर

chinia

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन्।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका २९ वर्षीय कान साउसिङको उपचारको क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

अर्का घाइते ३२ वर्षीय ली छ्वनको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी पनि गम्भीर घाइते छन्।

काठमाडौं महानगरपालिका–२५, इन्द्रचोकमा आइतबार मध्यान्हतिर तीन चिनियाँ नागरिकबीच विवाद हुँदा ३७ वर्षीय फङ चङयुनले चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहार गर्ने फङलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ