हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

Hatyaa

सांकेतिक तस्विर

कैलाली । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन्।

जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झगडा हँसिया प्रहार हुँदा स्थानीय ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेका थिए। उनको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ