पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले मुलुकमा अहिले पनि आर्थिक र राजनीति तरलता बन्दै गएको बताए । ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय, पार्दी शाखा अन्र्तगत उपशाखा पोखरा २२ मा निर्माण हुने दिव्य शान्ति भवनको शनिबार एक समारोहका बिच शिलान्यास गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन्।
मुलुकमा राजनीति तरलताको स्थिती बन्दै गएको बताएका मन्त्री बरालले आर्थिक हिसावले पनि मुलुक चर्को आर्थिक संकटमा परेकोले नेपाल श्रीलंकाको पथमा जान सक्ने भएकोले यसको समयमै व्यबस्थापन गर्नुपर्ने बताए । समाजमा सदभाव र सहिष्णुतामा पनि चरम प्रकारको अराजकता व्यापक रहेको मन्त्री बरालले जनाए ।
मानिसलाई कसरी सहनशिल, ज्ञानी, असल बनाउन सकिन्छ समाजमा मानिसको दाहित्व के हो भन्ने बिषयमा इश्वरीय विश्व बिद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको मन्त्री बरालले बताए । कुनै पनि राम्रो कामको थालनी गरेका तथा संस्थापकहरुलाई मान सम्मान गर्न नसक्दा त्यसले समाजलाई राम्रो नगर्ने उनले जनाए । मन्त्री बरालले आफ्नो पालामा सुरु गरेका योजनाहरु पूरा गर्न आफु कटिवद्ध भएको जनाए ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दी भुम्दी अब धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको दाबी गरे । उद्योग व्यवसाय गरेको ३० बर्ष भन्दा ५,६ बर्ष देखि पुम्दीकोट बनाउने अभियानमा लाग्दा त्यसले आफुलाई बढी आत्मसन्तुष्टि भएको उनले बताए ।
ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय नेपालका प्रमुख राजयोगिनी परिणीता दिदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विश्वबिद्यालयका महासचिव सैलेस बराल, पार्दी शाखाकी राजयोगनी अप्सरा दीदी, लव्लीहिलकी राजयोगीनी सुधा दिदी, ब्रह्मकुमार शिसिर लगायतले बोलेका थिए ।
करिब ५० लाखको लागतमा निर्माण हुने उक्त भवन निर्माण गर्न अर्थ मन्त्री बरालको पहलमा प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको स्थानिय हेमराज बरालले बताए । स्थानिय चन्द्रकला बराल सहितको परिवारले दिएको जग्गामा उक्त भवन बन्ने भएको हो । उक्त भवन बनाउने अभियानमा स्थानिय ममता पौडेलबाट ३ लाख, ऋषि बराल, दुर्गा पराजुली, गोमा बराल, रिता/हेमराज बराल लगायतबाट सहयोग उपलब्ध हुने भएको छ । उक्त अवसरमा मन्त्री बराल तथा जग्गादातालाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
कम विद्यार्थी भएपछि भीरकोटमा विद्यालय संरचना फेरबदल
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो, २० जनाको मृत्यु, एक जना मात्रै जीवित
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती