पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ ।
पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो ।
नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए ।
उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी र बाँकी ४८ जनाले अन्य सेवा लिएका थिए ।
‘आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी २ वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो, गुरुङले भने, ‘यसबाट स्थानीयहरु एकदमै लाभांवित हुनुभएको छ ।’
सो कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले शहरमुखी अस्पताल सेवालाई ग्रामीण भेगमा पुगेर शिविरको आयोजना गरेको भन्दै आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटललाई धन्यवाद व्यक्त गरे ।
उनले उक्त शिविरबाट स्थानीहरु लाभांवित भएको बताए । गुरुङले आगामी दिनमासमेत सामाजिक उत्तरदायित्व बहन गर्ने बताउदै विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताएका थिए ।
यसैगरि कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. अमृत केसीले ग्रामीण भेग तथा गाउँघरमा नियमित स्वास्थ्य जाँच नहुने भएकाले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको धारणा राखेका थिए ।
निशुल्क स्वास्थ्य शिविरमा जटिल प्रकारको रोग कसैमा पनि नदिखिएको र शिविरमा सहभागीहरुलाई निशुल्क औषधी वितरण गरिएको मादी २ का वडा अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार उक्त शिविरमा मृगौला रोग विशेषज्ञ डा. अमृत केसी, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा. भिम सिग्देल, पेट, छाटी तथा मुटु रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, सर्जन डा. परिवर्तन बराल र रेडियोलिष्ट डा. नवराज पौडेलले स्वास्थ्य जाँच गरेका थिए ।
कार्यक्रममा मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ तथा वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर