धादिङको मुलपानीमा दम्पतीको हत्या आरोपमा दुई किशोर पक्राउ

धादिङको मुलपानीमा दम्पतीको हत्या आरोपमा दुई किशोर पक्राउ

pakrau-file-photo-750×375

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ परेका छन्।

प्रक्राउ पर्नेमा त्रिपुरासुन्दरी–३ आहाले घर भएका १५ र १३ वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले मोबाइल लिनका लागि दम्पतीको हत्या गरेको खुलेको बताइएको छ। उनीहरुले देखाए कै आधारमा जंगलमा लुकाएको अवस्थामा मोबाइल र घटनामा प्रयोग भएका धारिलो हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

मंसिर २६ मा बिहान ८ बजे ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङ र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरेका थिए। त्रिपुरासुन्दरी गाउँपालिका–३ भदौरे घर भएका ३ जनालाई प्रहरीले निगरानीमा राखेर सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds