पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

oil-nigam

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर ३ र३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेर आएको थियो । हवाई इन्धन र एलपी ग्याँसको मूल्यको यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds