पोखरा । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे यसअघि समाजको महासचिव र कार्यसमिति सदस्य रहेर काम गरेका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सरस्वती श्रेष्ठ सरु, उपाध्यक्षमा तेजबहादुर नेपाली, महासचिवमा हरि पन्त, सचिवमा दिनेश तुलाधर, कोषाध्यक्षमा सुरेन्द्र विक, सहकोषाध्यक्षमा भगवती खतिवडा रहेका छन् ।
समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ संयोजक, नवराज दुवाडी, बलराम खतिवडा, कृष्णबहादुर लम्साल, झम्क सारु मगर, युवराज खतिवडा सदस्य र रामकृष्ण दुवाडी सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरी कार्यसमिति सदस्यहरुमा रञ्जन अधिकारी, रमेश तिमिल्सिना, बुद्धराज बस्याल, राजन श्रेष्ठ, रामहरि भट्ट, सरोज श्रेष्ठ, नारायण लम्साल र युनिक बानिया छन् ।
यसअघि साधारणसभा उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले धादिङ समाजले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले धादिङ समाजलाई आफूले विगतदेखि नै नियालीरहेको भन्दै आगामी थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव शोभा गौतमले धादिङ समाज अन्य संघसंस्था भन्दा निकै फरक भएको आफूले पाएको भन्दै आगामी पोउवासंघले सहकार्य गर्न तयार रहेको बताईन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले धादिङवासीलाई परेको प्रत्येक दुःखमा साथ दिन आफू तयार रहेको स्पष्ट पारे ।
धादिङ-पोखरा सम्पर्क समाजको गतिविधिले पोखरामा धादिङवासी भनेर चिनाउन पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।
बारा-पोखरा सम्पर्क समाजका अध्यक्ष माधव खतिवडा र अर्घाखाँची-पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनारायण पाण्डेले धादिङ समाज सबै जिल्लाका अनुयायी संस्था भएको भन्दै धादिङ समाजबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए ।
धादिङ पत्रकार समाजमा अध्यक्ष रञ्जन अधिकारीले समाजले उत्कृष्ट काम काम गर्दै आएको भएपनि राजनीति रंग दिन थालिएकोप्रति आफूलाई निकै दुःख लागेको बताए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू कृष्णबहादुर लम्साल, नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा, सल्लाहकार सुदर्शन बसौला लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत, महासचिव सरस्वती श्रेष्ठ सरु र सचिव दिनेश लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर