धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा पाण्डे

धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा पाण्डे

321669019_8942900332388488_6113047394413965697_n

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे यसअघि समाजको महासचिव र कार्यसमिति सदस्य रहेर काम गरेका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सरस्वती श्रेष्ठ सरु, उपाध्यक्षमा तेजबहादुर नेपाली, महासचिवमा हरि पन्त, सचिवमा दिनेश तुलाधर, कोषाध्यक्षमा सुरेन्द्र विक, सहकोषाध्यक्षमा भगवती खतिवडा रहेका छन् ।

समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ संयोजक, नवराज दुवाडी, बलराम खतिवडा, कृष्णबहादुर लम्साल, झम्क सारु मगर, युवराज खतिवडा सदस्य र रामकृष्ण दुवाडी सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी कार्यसमिति सदस्यहरुमा रञ्जन अधिकारी, रमेश तिमिल्सिना, बुद्धराज बस्याल, राजन श्रेष्ठ, रामहरि भट्ट, सरोज श्रेष्ठ, नारायण लम्साल र युनिक बानिया छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले धादिङ समाजले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले धादिङ समाजलाई आफूले विगतदेखि नै नियालीरहेको भन्दै आगामी थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव शोभा गौतमले धादिङ समाज अन्य संघसंस्था भन्दा निकै फरक भएको आफूले पाएको भन्दै आगामी पोउवासंघले सहकार्य गर्न तयार रहेको बताईन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले धादिङवासीलाई परेको प्रत्येक दुःखमा साथ दिन आफू तयार रहेको स्पष्ट पारे ।

धादिङ-पोखरा सम्पर्क समाजको गतिविधिले पोखरामा धादिङवासी भनेर चिनाउन पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।

बारा-पोखरा सम्पर्क समाजका अध्यक्ष माधव खतिवडा र अर्घाखाँची-पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनारायण पाण्डेले धादिङ समाज सबै जिल्लाका अनुयायी संस्था भएको भन्दै धादिङ समाजबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए ।

धादिङ पत्रकार समाजमा अध्यक्ष रञ्जन अधिकारीले समाजले उत्कृष्ट काम काम गर्दै आएको भएपनि राजनीति रंग दिन थालिएकोप्रति आफूलाई निकै दुःख लागेको बताए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू कृष्णबहादुर लम्साल, नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा, सल्लाहकार सुदर्शन बसौला लगायतले बोलेका थिए ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत, महासचिव सरस्वती श्रेष्ठ सरु र सचिव दिनेश लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds