पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ । पुरस्कारका लागि संयाेजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पाेखरा महानगरका प्रतिनिधि राममणि अधिकारी, पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल रहेको छनौट समितिले उनलाई छनौट गरेकाे हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख समेत रहेकी तिम्सिना पोखरा पोष्ट डटकममा प्रधान सम्पादकका रुपमा रहेकी छन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको हो ।
उनले सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलता लगायतका सञ्चार माध्यममा अनुभव सँगालिसकेकी छन् ।
पत्रकारिता विषयमा स्नातकोत्तर एवम् कानुन विषयमा स्नातक सम्मको अध्ययन गरेकी तिम्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे गण्डकी अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्ष लगायतको जिम्मेवारीमा रहेकी छन् ।
उनी नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित मिना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार -२०७३, एन एस क्लब ललितकला पत्रकारिता पुरस्कार -२००७५, चेलिबेटी शसक्तिकरण सम्मान -२०७८, स्वतन्त्र पत्रकार संघद्वारा संचालित महिला पत्रकार शसक्तिकरण सम्मान -२०७९ वाट सम्मानित भईसकेकी छन्।
२०७३ सालदेखि निरन्तर ११ हजार १११ रुपैयाँ राशि सहित प्रदान गरिने यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा र भीमपाणि बरालले पाइसकेका छन् ।
कविशिराेमणी लेखनाथ पाैडेलकाे जन्म जयन्तीका अवसरमा पुस १५ गते अर्घाैअर्चलेमा हुने समारोहमा उनलाई पुरस्कृत गरिने कार्यक्रम रहेको लेखनाथ पत्रकार मंचका अध्यक्ष कविराज खनालले जानकारी दिए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’