पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ । पुरस्कारका लागि संयाेजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पाेखरा महानगरका प्रतिनिधि राममणि अधिकारी, पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाणि बराल, सल्लाहकार महेश्वर पाण्डे र मञ्चका सचिव विष्णुहरि पौडेल रहेको छनौट समितिले उनलाई छनौट गरेकाे हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख समेत रहेकी तिम्सिना पोखरा पोष्ट डटकममा प्रधान सम्पादकका रुपमा रहेकी छन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको हो ।
उनले सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलता लगायतका सञ्चार माध्यममा अनुभव सँगालिसकेकी छन् ।
पत्रकारिता विषयमा स्नातकोत्तर एवम् कानुन विषयमा स्नातक सम्मको अध्ययन गरेकी तिम्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे गण्डकी अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्ष लगायतको जिम्मेवारीमा रहेकी छन् ।
उनी नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित मिना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार -२०७३, एन एस क्लब ललितकला पत्रकारिता पुरस्कार -२००७५, चेलिबेटी शसक्तिकरण सम्मान -२०७८, स्वतन्त्र पत्रकार संघद्वारा संचालित महिला पत्रकार शसक्तिकरण सम्मान -२०७९ वाट सम्मानित भईसकेकी छन्।
२०७३ सालदेखि निरन्तर ११ हजार १११ रुपैयाँ राशि सहित प्रदान गरिने यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा र भीमपाणि बरालले पाइसकेका छन् ।
कविशिराेमणी लेखनाथ पाैडेलकाे जन्म जयन्तीका अवसरमा पुस १५ गते अर्घाैअर्चलेमा हुने समारोहमा उनलाई पुरस्कृत गरिने कार्यक्रम रहेको लेखनाथ पत्रकार मंचका अध्यक्ष कविराज खनालले जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर