पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले बुधबार पोखरा वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ ।
समाजको १२ औं अधिवेशनबाट निर्वाचित रामप्रसाद पाण्डे (राजु) नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित वृद्धाश्रममा पुगेर आर्थिक सहयोग गरेको हो ।
सहयोग रकम ११ हजार ८१५ रुपैयाँ नगद रहेको छ । समाजका अध्यक्ष पाण्डेले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष पराजुलीले धादिङ समाजले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए । साथै, उनले समाजले विगतमा पनि वृद्धाश्रममा आएर सहयोग गरेको स्मरण गर्दै अहिले गरिएको आर्थिक सहयोग निकै महत्वपूर्ण हुने स्पष्ट पारे ।
समाजका अध्यक्ष पाण्डेले समाजले स्थापनाकालदेखि नै थुप्रै सामाजिक कार्य गर्दै आइरहेको स्पष्ट पार्दै आफ्नो कार्यकालको शुरुआत मानवीय सेवाबाट गर्न खोजिएको बताए । उनले वृद्धाश्रमका लागि आगामी दिनमा पनि के कस्तो सहयोग गर्न सकिन्छ त्यस विषयमा ध्यान दिने बताए ।
त्यसअघि समाजमा निवर्तमान अध्यक्ष गोकर्ण लम्सालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पद हस्तान्तरण गरेका थिए भने निवर्तमान महासचिव सरस्वती श्रेष्ठ सरुले नवनिर्वाचित महासचिव हरि पन्तलाई बैठक पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा निर्वाचन समिति संयोजक एवं पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्य एवं पूर्व अध्यक्ष बलराम खतिवडा, पूर्व अध्यक्ष झम्क सारु मगर, हरि अर्यालले शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा समाजका पूर्वअध्यक्ष स्वर्गीय रुद्रप्रसाद खनालको तस्वीरमा माल्यार्पण गरि स्मरण गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन