पोखरा । कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार भएको भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए । ‘म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर जनतासँगै थिएँ । अब जनप्रतिनिधि भएर एउटा भूमिका थपिएको छ । संसदमा कास्कीका समस्या जोड्दार ढंगले उठाउँछु,’ उनले भने ।
उनले चुनावमा केही विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएकाले ती काम सम्पन्न गर्न सक्रिय भएर लाग्ने बताए । आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय पुग्ने बाटो पक्की बनाउने योजना सांसद बैरागीले सुनाए । आफ्नो निर्वाचन क्षेत्र ग्रामीण भूभाग बढी भएको र सडकको पहुँच नपुगेकाले त्यसतर्फ आफ्नो ध्यान जाने सांसद बैरागीको भनाइ थियो । ‘हाम्रोमा सबै गाउँले भेग छ । ती ठाउँबाट वडा कार्यालयमा पुग्न पाँच वर्षभित्र पक्की बाटो हुनपर्छ भन्ने भिजन छ । कति वडा, कति प्रदेश, कति संघले सक्छ त्यहीअनुसार गर्छौं,’ उनले भने ।
सांसद बैरागीले ठूलो भूगोल भए पनि स्वास्थ्य सेवाको पहुँच निकै कम भएकाले एक पालिका एक अस्पताल योजनालाई अघि बढाउने सुनाए । ‘म निर्वाचित भएको क्षेत्रमा राम्रो सरकारी अस्पताल बनाउन चाहन्छौँ । ४ वटा अस्पताल र एउटा राजमार्ग अस्पताल बनाउन पहल गर्ने छु,’ उनले भने । खानेपानीका योजनाको निर्माण सक्ने गरी आफूले सम्बन्धित निकायसँग सहकार्य गर्ने सांसद बैरागीले बताए ।
कास्की–३ मा घान्द्रुक, ल्वाङ, लान्द्रुक, अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल पदमार्ग पर्छन् । तर, सबै उत्पादन बजारकै खुवाइने गरेकोमा चिन्ता व्यक्त गरे । यो समस्या समाधान गरेर गाउँमा गाउँकै उत्पादन खुवाउने गरी ‘इको रिसोर्ट’बनाउने योजनाअनुसार अघि बढ्ने सुनाए । अन्न, तरकारी, फलफूल, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा बोकेर योजना निर्माणमा खटिने सांसद बैरागीले बताए ।
सम्बन्धित खबर
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ