Gandak News
Our News Your Views

त्रिविअन्तर्गतका क्याम्पसमा आजदेखि जाडो बिदा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आजदेखि जाडो बिदा दिएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज पुस १७ गतेदेखि हिउँदे बिदा दिएको हो।

त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुनेछन्। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्।

लोड हुँदै ...