पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । त्यस्तै महासंघको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य निर्वाचित भएका छन् ।
त्यसैगरि कार्यसमिति सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टिकाराम अधिकारी, प्रकाश प्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी निर्वाचित भएका छन् ।
यस अगाडि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मानव सभ्यता संस्कारको बुद्धिलाई निखारदै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताए । पुस्तक सभ्य समाजको शुरुवातदेखि अन्त्यसम्म रहने ज्ञानको भण्डार भएको उनको भनाई थियो । साथै पुस्तक तथा स्टेशनरी व्यवसाय त्यती सहज नभएको गण्डकी प्रदेश प्रमुख गुरुङले बताए ।
त्यस्तै साधारण सभाका सभाध्यक्ष बैकुण्ठ प्रसाद पौडेलले पुस्तक तथा स्टेशनरीव्यवसायलाई जोगाउदै कसरी अगाडी बढाउने भन्ने विषयमै केन्द्रीत रहेर अगाडी बढेको आफ्नो कार्यकालको अनुभव सुनाए । साथै सबैको महत्वपूर्ण भुमिकाले गर्दा आफ्नो कार्यकाल सफल भएको र साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा वर्षेनी गर्दै आएको उत्कृट तीन व्यवसायीलाई सम्मान गरिएको थियो । साथै यस वर्षबाट कास्कीमा क्रियाशिल पत्रकारिता गर्दै आएका एक जना पत्रकारलाई दोसल्ला, नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित उत्कृष्ट तीन व्यवसायीमा महासंघ कास्कीका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी, व्यवसायी कमला सुवेदी र भोलानाथ अधिकारीलाई सम्मान गरिएको थियोभने क्रियाशिल पत्रकारकोरुपमा गन्थन डटकमका समाचार प्रमुख राजु गिरीलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन