पोखरा ३० पौष शनिवार। पोखरा महानगरपालिका वडा नं १५ ले आयोजना गरेको वृहत वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ। पोखरा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा गत पौष २७ गतेदेखि जारी खेलकुद महोत्सव शनिवार सम्पन्न भएको हो।
झन्डै एक हजार प्रतियोगी सहभागी भएको खेलकुद महोत्सवमा विभिन्न ८ चरणका खेलहरू खेलाइएको थियो। जसमध्ये पुरुष फुटबलमा प्रतिभा टोल विकास संस्था विजयी बन्दै नगद २५ हजार हात पारेको छ। प्रतिभाले फाइनलमा तल्लो नयाँ गाउँ लाई ४-० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो। उप विजेता बनेको नयाँ गाउँले २० हजार हात पारेको छ।

यस्तै, पुरुष भलिबलमा गलेश्वर युवा क्लबलाई पराजित गर्दै तल्लो नयाँ गाउँ विजयी बनेको छ। गलेश्वर विरुद्ध लगातार तिनै सेट जित्दै नयाँ गाउँ पुरुष भलिबलमा पहिलो बन्न सफल भएको हो।
महिला भलिबलमा जन जागृति आमा समूह विजयी भएको छ। जन जागृतिले एकता आमा समूहलाई पराजित गर्दै प्रथम बन्न सफल भएको हो।
यता विद्यालय स्तरीय फुटबलमा वेलननलाई पराजित गर्दै शुभ तारा थ्री एन्जल प्रथम बन्न सफल भयो।
४० वर्ष माथिका महिला दौडमा जन जागृति युवा क्लब र ५० वर्ष माथिका पुरुष दौडमा तल्लो नयाँ गाउँ विजयी बन्यो।
यस्तै, आमा समूह रस्साकस्सी अन्तर्गत लक्ष्मी टोल आमा समूह विजयी बनेको छ। भने, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच भएको बास्केटबल प्रतिस्पर्धामा पोखरा १५ हरियोले ४७ -२७ अन्तरले निलो लाई पराजित गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं २ क गण्डकी प्रदेश सभासद् भीम बहादुर कार्कीले खेलकुदले राष्ट्रलाई विश्वभर चिनाउन मद्दत गर्ने र खेलकुदमा लाग्ने व्यक्तिहरू निरोगी र तन्दुरुस्त बन्ने हुँदा उनीहरूले राष्ट्रका लागि योगदान दिन सक्ने बताए। उनले वडा नं १५ ले खेलकुदलाई महत्व दिँदै व्यापक सहभागिताका बिच खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिए। कार्कीले अस्पतालको सङ्ख्या बढाउनु भन्दा रङ्गशालाको सङ्ख्या बढाउनु पर्छ भन्ने मान्यता विश्वभर बढिरहेको भन्दै ठाउँ-ठाउँ रङ्गशालाको सङ्ख्या बढाउन सकेमा नागरिकहरू स्वस्थ हुन सक्ने र यो अभियानमा वडा नं १५ एक फड्को अगाडी बढेको प्रतिक्रिया दिए।

यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस प्रतियोगिताको आयोजना गरिएको बताए। खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यसँगै व्यक्तिलाई अनुशासनमा पनि हिँड्न सिकाउने भन्दै खेलाडीहरू समाजका आदर्श व्यक्ति बन्नुपर्नेमा जोड दिए। स्वस्थ नागरिकले नै समाज र देशका लागि योगदान दिन सक्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बानियाँको भनाई थियो।

वडा सदस्य तथा खेलकुद महोत्सवका संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रममा करिब ९०० खेलाडीहरूले सहभागिता जनाएको बताए। स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न प्रतियोगिताको आयोजना गरिएको बताउँदै भण्डारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिने सबैलाई धन्यवाद दिए।

खेलकुद समापन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद देवकोटा, आईएनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज गुरुङ लगायत पूर्व जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो भने उनीहरूले विजयी खेलाडी तथा समूहहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए।






सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’