पोखरा । शिशु विकास तथा स्याहार केन्द्र पोखरा ६ बैदामको अध्यक्षमा संगिता बराल चयन भएकी छन् ।
केन्द्रको शुक्रबार सम्पन्न १६ औ बार्षिक साधारण सभा तथा एघारौ अधिबेशनले संगिता बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
केन्द्रको उपाध्यक्षमा शिव जि.सी, सचिबमा रेनु लामिछाने, स–सचिबमा प्रमिला के.सी, कोषाध्यक्षमा इन्दिर पौडेल, स–कोषाध्यक्षमा मैया थापा तेसैगरि सदस्यहरुमा राजेन्द्र ढकाल, मनु थापा, मिठु लामिछाने, जुना अधिकारी र अम्बिका भट्टराई चयन भएको निर्वाचन मण्डलका सदस्य गणेश बहादुर ढकालले जानकारी दिएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं –६का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले शिुशु बिकास तथा स्याहार केन्द्र हुने खानेको भन्दा नि हुदा खानेको भएको हुदा केन्द्रको स्तर उन्नतिको लागि सबै लाग्नु पर्ने बताएका छन् । वडा न–६ पर्यटकीय क्षेत्र भएकोले फोहोर मुक्त वडा बनाउनको लागि आफु लागि परेको सुनाए । शिशु स्याहार केन्द्रमा अध्यनरत बाल बच्चाहरुको मासिक रुपमा स्वास्थ्थ जाचका लागि आफुले पहल गरिरहेको बताउदै, अध्यक्ष भट्टराईुले केन्द्रको स्तर उन्नतिका लागि खाइपाई आएको एक महिनाको बराबरको रकम रु २५ हजार रुपैया केन्द्रकी अध्यक्ष विष्णु के.सी लाई हस्तान्तरण गरेका थिए ।
पर्यटन ब्यवसायी तथा सल्लाहकार गोविन्दराज पहारीले आजका बालबालिका भोलिका यो देशका कणधार रहेको बताउदै, बालबालिका लागि बालमैन्त्रि शिक्षा आजको आवश्यकता रहको बताए ।
नि.बर्तमान अध्यक्ष तथा सल्लाहकार अनिल थापाले स्थानिय ब्यक्तिहरु को चन्दा र सहयोग बाट स्याहार केन्द्र संञ्चालन हुदै आएको जानकारी दिदै, केन्द्र संरक्षणका लागि महानगर सगँ बजेट विनियोजन गर्ने आफुले पहल गर्दै आएको बताए ।
अध्यक्ष बिष्णु के.सीले सेवा केन्द्रमा कमजोर आर्थिक अवस्था भएका अभिभावकको छोराछोरीहरुलाई रेखदेख गर्दै आएको अवगत गरादै यसको संरक्षणमा जुट्न सवैलाई आग्रह गरिन् ।
अध्यक्ष विष्णु के.सीको सभाअध्यक्षमा भएको कार्यक्रममा सदस्य संगिता बराल, कोषाध्यक्ष विनिता बराल, सदस्य इन्दिरा पौडेल, आजिबन सदस्य लक्ष्मी खाति परियार, नमुना आमा समुह अध्यक्ष जुना अधिकारी, ओटेप अध्यक्ष पार्वता पाण्डे, टेवानका अध्यक्ष कमला गिरी, क्रिस्टल मन्टेश्वरीका संचालक रिना पौडेल, पत्रकार गणेश पहारी, सामु्दायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भन्डारी, जनमोर्चा बैदामका अध्यक्ष चन्द्र बहादुर के.सी र संस्थापक अध्यक्ष बुद्धि बहादुर नेपाली लगाएतका बक्ताहरुले शुभकामना व्यक्त गर्दै, सेवा केन्द्रले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गरेको थिए ।
कार्यक्रममा इन्दिरा पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिबेदन कोषाध्यक्ष विनिता बरालले पेश गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पास गरेको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु