हेमजा । हेमजा सञ्चार सहकारी संस्था लि. पोखरा २५ हेमजाको १० औं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजा बासिको गौरवको संस्था रहेको बताउदै यसले हेमजा मात्र नभइ कास्कीलाई नै चिनाउने काम गरेको बताए। संस्था सञ्चालन गर्न सञ्चालक समितिको मात्र नभइ सम्पुर्ण सेयर सदस्यको संलग्न हुनुपर्ने उल्लेख गरे। कार्यक्रममा पुर्वसचिव एवं सल्लाहकार केशव शरण पौडेल र सेयर सदस्य रामप्रसाद अधिकारी लगाएतले बोलेका थिए।
कार्यक्रममा सचिव प्रकाश चन्द्र सापकोटाले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष कमलमणि त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो । लेखा समिति संयोजक बोधराज सापकोटाले प्रतिबेदन प्रस्तुत गर्दै लेखा परिक्षणको तर्फबाट संस्थाको कमि कम्जोरी प्रति सुझाव दिएका थिए।
उपाध्यक्ष नाारायण प्रसाद बाँस्तोलाले स्वागत गरि सुरु भएको कार्यक्रममा सहसचिव आरती अधिकारीले सहकारीको सात सिद्धान्त वाचन गरेका थिए।
संस्थाका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश चन्द्र सापकोटाले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो