पोखरा विमान दुर्घटनाः ४६ जनाको शव काठमाडौं ल्याइयो

पोखरा विमान दुर्घटनाः ४६ जनाको शव काठमाडौं ल्याइयो

sab

काठमाडौं । पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।

पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो । दुर्घटनामा निधन भएका २४ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

त्यस मध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले शव खोजी गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ