पोखरा । इन्टरनेसनल वाटर कलर सोसाइटी हेमकान्ती आर्ट ग्यालरी पोखरा र बुद्धिज् एट्लियर पोखराको सहकार्यमा माघ ७ गते पोखरामा चित्रकला र फेसनकता प्रदर्शनी हुने भएको छ ।
पोखराको लेकसाइडस्थित होटल वाराहीमा अपरान्ह ४ बजे सुरु हुने कार्यक्रम द हिडन सोल अर्थात् अन्तरआत्मा भन्ने थिममा आयोजना हुन लागेको हो । कार्यक्रमको युवा र बालबालिकामा आत्मविश्वास जगाउने उद्देश्य राखेको ग्यालरीकी सञ्चालिका हेमकान्ती गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
हालै मात्र पोखरामा भएको यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना पनि प्रदर्शनीमा प्रतिविम्बित हुने कार्यक्रमकी सञ्चार सल्लाहकार कविता श्रेष्ठले जानकारी दिइन् ।
इन्टरनेसनल वाटर कलर सोसाइटी ग्लेबल नेटवर्क सन् २०२० मा अट्नर डोगनद्वारा स्थापित संस्था हो । पानी रङको कलालाई प्रवद्र्धन गरी लोकप्रिय बनाउन यो संस्थाले काम गर्दै आएको छ । यही संस्थाको नेटवर्कअन्तर्गत सन् २०२१ मा हेमकान्ती आर्ट ग्यालरी स्थापना भएको हो । यो संस्थाले ग्लोबल वाटरकलर दिवसको अवसरमा पहिलो अन्तराष्ट्रिय समूह चित्रकला प्रदर्शनी हार्ट टु हार्ट २०२२ र राष्ट्रिय चित्रकला प्रदर्शनी नो गट्स नो स्टोरी–१ गरिसकेको छ । प्रदर्शनीले युवा कलाकारलाई अन्तर्राष्ट्रिय रुपमा अवसर दिने र नेपालको कलालाई विश्वमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक एवं आइडब्लुएस प्रतिनिधि ज्योति गुरुङले जानकारी दिइन् ।
आइडब्लू एस ग्लोबल र आइडब्लु एस ग्लोबल वाटरकलर दिवसको ११ औं वार्षिकोत्सवको अवसरमा नो गट्स नो स्टोरीको दोस्रो श्रृंखलाको रुपमा द हिडन सोल फेसन फ्युजन कला प्रदर्शनी र चित्रकला प्रदर्शनी आयोजना गर्न लागिएको हो । भित्तामा चित्र झुण्ड्याएर गरिने प्रदर्शनी हेर्दै आइएकोमा त्यसभन्दा फरक खालको फेसन फ्युजन प्रदर्शनमा फेसनसम्बन्धी कलालाई प्रत्यक्ष सजाएर प्रस्तुत गरिने छ । फेस पेन्टिङको कला पनि कार्यक्रम समावेश गरिएको छ ।
फेसन र कलालाई सँगै प्रस्तुत गर्न लागिएको प्रदर्शनीमा ४ वर्षदेखि ३६ वर्ष उमेर समूहका कलाकारको सहभागिता हुनेछ । नयाँ पुस्तामा लुकेको क्षमता उजागर गर्ने र कोभिड १९ बाट विक्षिप्त भएकाहरुलाई उत्साह भर्न पनि प्रदर्शनीले सघाउने विश्वास आयोजकको छ । पानी रङ र फरक खालको कलालाई प्रवद्र्धन गर्न प्रदर्शनीले सघाउने बुद्धिज् एट्लियरका सञ्चालक बुद्धि गुरुङले विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?