केही स्थानमा बदली र हिमपातको सम्भावना

केही स्थानमा बदली र हिमपातको सम्भावना

mausam

पोखरा । देशका केही स्थानमा आज शनिबार बदली र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महासाखाका अनुसार छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ