पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड स्थित उपकार बचत तथा ऋण सहकारीले स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वार्षिकोत्सव मनाएको छ । संस्थाले शनिबार १४ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान तथा निशुल्क रक्त जाँच शिविर आयोजना ग¥यो ।
संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरी कार्यक्रम सुरुआत गरेका थिए ।
सोही अवसरमा युआरएलको सहयोगमा मधुमेह तथा थाइराइडसम्बन्धी रक्त जाँच सित्तैमा गरिएको थियो । सो अवसरमा २ सय ५ जनाको सित्तैमा जाँच गरिएको थियो ।
वडाध्यक्ष भट्टराईले सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै सेयर सदस्यको जीवनस्तर उकास्न र समृद्धिका लागि योगदान गर्नुपर्ने बताए । वडा कार्यालय सहकारी र वडाका संघ, संस्थासँग सहकार्य गरी अघि बढ्ने उनले बताए ।

वरिष्ठ थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा रमेशराज आचार्यले आधुनिक प्रविधि र दक्ष जनशक्तिका कारण मेडिकल क्षेत्र धेरै अघि बढिसकेको बताए । उनले मधुमेह, थाइराइड जस्ता समस्याले अरु अनेक समस्या निम्त्याउने भएकाले सरोकारवाला सबैले यस्ता रोग नियन्त्रणका लागि काम गर्नुपर्नेमा जोड दिए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले यो प्रदेशको अग्रणी ल्याब भएकाले व्यापार विस्तारमात्र नभई सामाजिक दायित्व निर्वाहमा पनि अग्रणी हुने जमर्काे गरेको सुनाए । उनले युआरएल स्थापनाको १० वर्षमा १४२ विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविरहरु आयोजना गरिएको सुनाए । पन्तले भने, ‘अहिलेसम्म १ लाख ४२ हजारभन्दा बढीलाई सित्तैमा सेवा दिएका छौं । रोग लागेपछि उचित उपचार र लाग्नुअघि नै सजग बनाउन विभिन्न तहका सरकार, स्वास्थ्य संस्था र नागरिक समाज मिलेर काम गर्नुपर्छ ।’
सहकारीका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज पौडेल, माता तालबाराही आरती सेवा समिति अध्यक्ष मंगल नेपाली, शिशु स्याहार केन्द्र बैदामका अध्यक्ष संगिता बराल र संस्थाका उपाध्यक्ष दुर्गा पहारी, कोषाध्यक्ष बैकुण्ठ ढुंगाना, कार्यक्रम संयोजक माधव थापा, सचिव सुन्दरराज पहारी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)