पोखरा । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आज मंगलबार दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन।
भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।