मणिवाला सर्प हो भन्दै १ तोला सुन ठगेको आरोपमा एक पुरुष पक्राउ

मणिवाला सर्प हो भन्दै १ तोला सुन ठगेको आरोपमा एक पुरुष पक्राउ

arrest

दाङ। मणिवाला सर्प हो भन्दै करिब १ तोला सुनको गरगहना र १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सर्प बेच्दै हिँड्ने सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई दाङ लमही नगरपालिका-९ जलकुम्भीबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बाँके राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई मणिवाला सर्प हो भनी लोभलालच देखाई उक्त धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४६ प ४८९९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले सलमानसँगै आएका अन्य दुई जनाको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ