बाजुरामा भूकम्पमा परेर एक महिलाको मृत्यु

बाजुरामा भूकम्पमा परेर एक महिलाको मृत्यु

Eartheque

साङ्केतिक तस्बिर

बाजुरा । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, बझाङमा पनि केही घाइते भएका छन् ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

बाजुराको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाजुरामा अहिलेसम्म ३० वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

यस्तै, बझाङमा पनि भूकम्पको क्षतिबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ