पोखरा । सङ्घीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ।
कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उनको ज्यान गएको अस्पतालले जनाएको छ।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाका थिए ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले बताए।
पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए।