अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने

अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने

काठमाडौं । अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न नपाइने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको हो ।

परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ ।

अटेर गरी कसैले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कानुन अनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी पनि प्रहरीले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ