बागलुङ । जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेको १ वर्ष पछि ढोरपाटन नगरपालिकाको वडा नं ६ मा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
सेवा सञ्चालनमा आए सँगै त्यहाँका खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय बढि घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावरबाट फोरजी सेवा उपलब्ध गराईएको नेपाल टेलिकमले जनाएको छ ।
फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोवाईल डेटा मार्फत ईन्टरनेट चलाउन स्थानियलाई सहज भएको छ । यसभन्दा पहिले सूचना र सञ्चारको लागि उक्त गाउँका बासिन्दा हुलाक र कट्टवालको भर पर्नु पर्ने बाध्यता थियो ।
भौगोलिक हिसाबले विकट रहेको उक्त गाउँमा मोवाईल सेवा नहुँदा स्थानियलाई सञ्चारमा समस्या रहेको थियो । कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न गराउन सम्बन्धित ठाउँमै पुग्नु पर्ने बाध्यता मोवाईल सेवा पुगेपछि हटेको हो ।
केहि समय पहिले टावर सञ्चालनमा आएपछि कुराकानी गर्न र कम गतिको ईन्टरनेट चलाउने गरेका स्थानियले अहिले भनें उच्च गतिको फोरजी सेवामा रमाउन पाएका छन् ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप देशैभर विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा खानीगाउँमा फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
आर्थिक हिसाबले भन्दा पनि दुरदराज र विकट बस्तीमा मोवाईल सेवा पुराउने उद्येश्यले पहिले टुजी र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याईएकोमा अहिले चौंथो पुस्ताको फोरजी सेवा सञ्चालन गरिएको उनले बताए ।
शर्माले भनें “जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा फोरजी मोवाईल सुचारु भए सँगै पहिले ईन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई ईन्टरनेटको पहुँचमा जोडन सफल भएका छौं“।
यो गाउँमा पहिले नेटवर्क नै थिएन अधिकांश भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि डाँडामा टावर निर्माण गरेर टुजी सञ्चालन गरेका थियौं अहिले सेवाग्राहीको आवश्यकता र समय सापेक्ष सेवा प्रदान गर्ने उद्येश्यले उच्च गतिको मोवाईल ईन्टरनेट र गुणस्तरिय भ्वाईस कलको लागि फोरजी सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माको भनाई छ ।
टेलिकमले स्थानियबासी सँग समन्वय गरेर स्थायी संरचना निर्माण गरि मोवाईल सेवा उपलब्ध गराएको समाजसेवी रेशम बुढा मगरले जानकारी दिए । चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालन भएपछि अब भनें अनलाईन मार्फत मोवाईलमै ईन्टरनेट चलाउन सहज भएको उनले बताए ।
सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने लक्ष्य अनुरुप खानीगाउँमा फोरजी सेवा पुराएको टेलिकमले जनाएको छ ।
भौगोलिक विकटता सँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न र मोवाईलमा उच्च गतिको ईन्टरनेट चलाउन पाउँदा खानीगाउँबासी खुसी भएका छन् ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो