यसवर्षको एसईई चैत १७ गतेदेखि सुरू (तालिकासहित)

यसवर्षको एसईई चैत १७ गतेदेखि सुरू (तालिकासहित)

see exam

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ ।

यही बुधबार बसेको बैठकको निर्णय अनुसार बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

तालिका अनुसार चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ । अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ