रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

rabi

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने पुनः चयन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछाने फेरि पार्टी सभापति चयन भएका हुन् । पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उनलाई सभापति चयन गरेको हो ।

शुक्रवार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्तिको प्रकृया नगरेको भन्दै गृह, सांसद तथा सबै राजनैतिक पद खारेज गरिदिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ