आज विश्व सिमसार दिवस

आज विश्व सिमसार दिवस

Rupa Lake

काठमाडौँ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व–सिमसार दिवस आज नेपालमा पनि मनाइँदैछ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो ।

सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ । यस्ता सिमसार क्षेत्रहरूहरु दुर्लभ चरा–चुरुङ्गीहरुको पनि मुख्य बासस्थान मानिन्छ । नेपालको सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरियादेखि चराहरु आइपुग्ने गरेका विभिन्न अध्ययनहरूले देखाएको छ । यसबाहेक सिमसारले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमसार क्षेत्र छन् । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार क्षेत्र दर्ता भएका छन् ।

कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से–फोक्सुन्डो ताललगायत सिमसार क्षेत्र हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds