पोखरा । नेपाल भ्रमणमा रहेको तमुधिं युकेको टोलीलाई पोखरामा एक कार्यक्रम बीच विदाई गरिएको छ।
नेपाल भ्रमण–२०२३ सकेर वेलायत फर्कन लागेको टोलीलाई तमु धिँ नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ संस्थाले मंगलबार बेलुका विदाई गरेका हुन्।
तमु प्येलु संघ, तमु संचारकर्मी संघ, तमु कलाकार संघ, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, नौलो घुम्ती, बगरभाई खलक लगायतको संघसंस्थाले टोलीलाई विदाई गरेको हो।
टोलीले यो पटक गुरुङ समुदायको बाक्लो वस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चारभञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुंगाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो।
तमुधिं युकेका अध्यक्ष हरि गुरुङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले नेपालको भ्रमणमा रहँदा यहाँ विभिन्न क्षेत्रमा नगदसहित सहयोग गरेको थियो।
आफूहरुलाई विदाई गर्ने संघसंस्थालाई टोलीले बधाई ज्ञापन ग¥यो। तमुधिं युकेको टोली नेपाल आए लगतै पोखरामा करिब २० वटा संस्थाले एकै थलोमा स्वागत गरेको थियो।
कार्यक्रममा स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि तमुधिं युकेले नगद १ लाख रुपैयाँ प्रदान गर्यो। अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्मारक निर्माण समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा.चन्द्रबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले गुरुङहरुको एकता औंल्याए। गुरुङ जातीहरुको नाममा धेरै संघसंस्था र संगठन खुलेको बताउँदै मन्त्री गुरुङले गुरुङहरुको धेरै संघसंस्थाहरुलाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्ने कुरामा जोड दिए।
उनले भने, ‘गुरुङ जातीका नाममा धेरै संघसंस्था खोलेर एकले अर्कोलाई दोषारोपण र गाली गर्नुभन्दा एउटै संघ, संगठनमा एकाकार गराएर त्यस संगठनलाई सशक्त र बलियो बनाउन सकिन्छ।’
तमुधिं युकेका अध्यक्ष हरि गुरुङले सबैले संविधान र कानूनलाई सर्वोपरी ठानी देश र जनताका लागि इमान्दार रहेर अघि बढेमा मात्रै देशमा समृद्धि ल्याउन सकिने बताए। कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष हुम तमुले विदेशमा स्थापना भएको संस्था तमुधिं युकेले नेपालको सामाजिक संघसंस्था तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएको चर्चा गरे।
तमुधिं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत र नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए। उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमु धिँ यूकेका अध्यक्ष हरि गुरुङलाई छैटौं पोखरा स्पोट्र्स अवार्डमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र हस्तान्तरण गरे । साथै तमु धिँ यूकेको टोलीलाई बिदाई कार्यक्रममा मञ्चका अध्यक्ष बराल सहित मञ्चका सचिव शसि कुमार पौडेल, सदस्य नारायण शाही र शुर्दशन रन्जितको समेत सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ