‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ हुने

‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ हुने

largest uk

पोखरा । एस.आई. यूके कन्सल्टेन्सीले पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ आयोजना गर्ने भएको छ। यही माघ २२ (फेब्रुअरी ५) गते पोखरामा हुने एजुकेशन फेयरको तयारी पुरा भएको कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए ।

युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने भएका हुन् ।

फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्मार्ट फोन, फिल्म टिकट र उत्कृष्ट पाँच जना विद्यार्थीलाई हवाई टिकटलगायत विभिन्न उपहार प्रदान गरिने एस आई युके कन्सल्टेन्सीका प्रमुख गिरीले जानकारी दिए ।

पहिलो पटक युकेलाई नै केन्द्र बनाएर हुन लागेको फेयर पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायरमा माघ २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

फेयरमा सहभागी भएर विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी लिन एस.आई.युके कन्सल्टेन्सीले आग्रह समते गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ