चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

harry-ke-parry

काठमाडौँ । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ ।

चलचित्रमा भिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा उहाँकै कथा र निर्देशन रहेको छ । चलचित्रको पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको सङ्गीत रहेकोमा सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन तथा कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ