पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला

पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला

death body

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत फेला परेका हुन् ।

शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको प्रहरीले जनाएको । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ ।

बुबा किशोर चाहिँ शौचलयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

किशोरकी श्रीमती दिउँसो बाहिर गएर साँझ कोठा फर्कँदा भित्रबाट ढोका बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ