स्थापना दिवसमा प्रेस चौतारीले बाँड्यो स्टेशनरी सामाग्री

स्थापना दिवसमा प्रेस चौतारीले बाँड्यो स्टेशनरी सामाग्री

1

पोखरा । प्रगतिशील पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटि र कास्की शाखाले पनि संयुक्त रुपमा बालगृहमा आश्रित बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरी स्थापना दिवस मनाएको छ ।

केन्द्रीय कमिटीले रचनात्मक काम गरेर दिवस मनाउन निर्देश गरे अनुसार आइतबार पोखरा–१७ महतगौंडास्थित सृजना बालगृहमा संरक्षित १२ जना बालबालिकालाई १३ हजार मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेका हुन् । विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकारका कापी, कलम, सिसाकलम, रङ, ज्यामितिय बाकससहितका पाठ्यसामाग्री वितरण गरिएको हो ।

प्रमुख अतिथि प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले चौतारीका सदस्यले आफ्नो स्थापना दिवसका अवसरमा बालगृहमा संरक्षित बालबालिकालाई शिक्षामा सहयोग पुग्ने गरी गरेको कार्य महान रहेको बताए । उनले सानो काम भएपनि यसको सन्देश ठूलो रहेको उल्लेख गरे ।

सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले पत्रकारले सामाजिक काममा सक्रियता देखाएको भन्दै खुशी व्यक्त गरे । चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बालगृह संयोजक सोमनाथ बरालले स्वागत एवं कास्की शाखा अध्यक्ष अर्जुन गिरीले कार्यक्रम माथि प्रकाश र सचिव रञ्जन अधिकारीले सञ्चालन गरेका थिए ।

संगठन केन्द्रीय सचिव एवं प्रदेश ईञ्चार्ज सुष्मा पौडेल, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रुद्र श्रीस मगर, पूर्व अध्यक्ष श्याम कुँवर, अग्रज दीपेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds