पोखरा । पोखरा महानगरपालिका—४ गैँह्रापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्री पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ ।
धर्म संस्कृतिको संरक्षणको लक्ष्य सहित आगामी फागुन ६ गते शिवरात्री पर्वका दिन गैँह्रापाटनस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले जानकारी दिए ।
नारी समूहले विगतका वर्षहरुमा समेत कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा कोरोनाका कारण रोकिएको थियो ।
भजन प्रतियोगिताको विजेता समुहले रु ३० हजार, द्धितीयले रु २० हजार, तृतीय हुने टोलीले रु १५ हजार र सान्त्वना हुनेले रु सात हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी नृत्य र भेषभुषामा उत्कृष्ट हुनेलाई रु तीन हजार ५०० सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
“सनातन धर्म, संस्कृति र सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूहरुको संरक्षणका लागि भजन प्रतियोगिता आयोजना गरेका हौँ।” अध्यक्ष कोइरालाले भने ।
पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मद्धत पुग्ने विश्वास आयोजकको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख चार हजार खर्च लाग्ने नारी समुहका कोषाध्यक्ष रचना कोइरालाले बताए । स्थानीय सरकार, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने बताइन्छ ।
विसं २०५२ मा स्थापना भएको सर्वेश्वर नारी समुहले शिवरात्री सहित तीज पर्वमा खुला प्रतियोगिता सहित महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सहित सामाजिक कार्यहरु गर्दै आएको सचिव इनु कोइरालले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो