पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानूनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नं. १६९ बारे प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, आदिवासी जनजाति आयोग ऐन तथा मानवअधिकार र देवानी संहिताबारे समेत जानकारी गराइएको थियो । सो अवसरमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता कृष्णकुमार श्रेष्ठ, अधिवक्ता माधवी पाण्डे र नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजनकुमार लामाले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले यस कार्यक्रमले वडाका आदिवासी जनजातिलाई सचेत र संगठित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक भीमकुमारी पुनले प्रथम र द्वितीय विश्वयुद्धमा समेत अद्वितीय बहादुरी प्रदर्शन गरेका आदिवासी जनजाति समुदायले अब नेपालको राजनीति र प्रशासनमा समेत सहभागिता वृद्धिगर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा वडा सदस्य विनोद लामिछानेले पनि बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन