प्रतिभा माविमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

प्रतिभा माविमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

Prativaa (1)

पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक वर्षको पुरस्कार वितरण कार्यक्रममा ट्यालेन्ट शाे तथा अनुशासनमा उत्कृष्ट भएकाहरुलाई पनि पुरस्कार वितरण गरिएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले प्रतिभामा छाेराछाेरी भर्नाका लागि पुग्दा सिट संख्या अपुग भएर भर्ना गर्न नसकिएका अभिभावकहरुको गुनासाे शिक्षा महाशाखामा आइपुग्दा प्रतिभा  शिक्षा र नतिजाका क्षेत्रमा निकै अगाडि रहेकाे पाएकाे बताए ।  उनले विद्यालयमा सूचना र प्रविधिको माध्यमबाट विद्यालयको पठनपाठन भएकोमा आफू खुसी भएको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रतिभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताए ।

 विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोरा छोराहरुको समुज्ज्वल भविष्यलाई अगाडि बढाउनका लागि आफूलाई विद्यालय सञ्चालक समितिले संस्थापक प्राचार्यको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारीलाई हार्दिकतापूर्ण ग्रहण गरेको बताए ।

विद्यालयले शैक्षिकसत्र २०७८सालको शैक्षिक पुरस्कारका साथै अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका अभिभावक तथा कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धरले शुभकामना मन्तव्य दिएका थिए भने विद्यालयका सह प्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थी जस्मिना मल्लले स्वागत मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य प्रदीप खनाल, शिक्षकहरु प्रकाश अधिकारी, पद्मा पराजुली, अनिता गुरुङ, भगवती सुबेदी तथा विद्यार्थीहरु जस्विना मल्ल, सेरिना खत्री, सम्पूर्ण पौडेल र स्वीकृति ताम्राकारले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयको तर्फबाट सहप्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थीको तर्फबाट जस्विना मल्लले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेकाे विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ