सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

doctor

काठमाडौं । सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएसँगै नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम स्थगीत गरेको छ ।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा. गणेशप्रसाद पाण्डेयले एक सहमतिमा हस्ताक्षर गर्दै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गर्दै आफ्नो जिम्मेवारीमा फर्कने निर्णय भएको छ ।

यही माघ २७ गते राष्ट्रपति सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटेपछि संघ आन्दोलित भएको थियो ।

सहमतिमा एक साताभित्र घटनाबारे छानबिन गरि दोषीलाई कारवाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायत समझदारी भएका छन् । त्यसैगरी विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी तथा स्वास्थ्यक्षेत्र र विद्यालयमा असर नपुग्ने गरि परिमार्जन गर्नुपर्ने पनि सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ