चितवन -२ मा वैशाख १० गते उपचुनाव

चितवन -२ मा वैशाख १० गते उपचुनाव

election

काठमाण्डौ। चितवन क्षेत्र नं -२ मा आगामी वैशाख १० गते उपचुनाव हुने भएको छ।

निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदाे वैशाख १० गते आइतवारका दिन उपचुनाव गर्ने निर्णय गरेको हो।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपचुनावको मिति तोकेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ