पाेखरा । ‘निष्पक्ष समाचार, सबैको अधिकार’ भन्ने उद्घोषका साथ कास्की खबर प्रा.लि.द्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल ‘कास्की खबर’ शुभारम्भ गरिएको छ।
प्रमुख अतिथि प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले नागरिकले पाउनुपर्ने सूचनाकाे हक अन्तर्गत पर्ने सूचना पनि बाहिर आउन नसकिरहेको भनेर बिग हाउसप्रति निराश भइरहेकाे सन्दर्भमा यस्तै स्थानीय मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले अनलाइन मिडियालाई पनि लाेककल्याणकारी विज्ञापन उपलब्ध गराउनु पर्ने र प्रेस काउन्सिल नेपालले पनि यस्ताे राहतका लागि अनलाइन मिडियाको वर्गीकरण गर्ने कार्यको शुरूवात गर्ने प्रक्रिया अघि बढाएकाे जनाइन् ।
कार्यक्रममा विशेष अतिथि पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना, प्रेस चौतारी कास्कीका सचिव रञ्जन अधिकारी, सूचनाका हकका लागि पोखरा महानगर निवर्तमान अध्यक्ष कृष्ण क्षेत्री, मोबाईल व्यवसायी उदय बहादुर के. सी.(लाहुरे दाई), सम्मानित व्यक्तित्व निर्मल शर्मा, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतम र पत्रकार कृष्ण रानाभाट लगाएतले बोलेका थिए।
सञ्चालक अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संम्वाददाता नारायण प्रसाद सिग्देल र सञ्चालन समाचार प्रमुख सागर कार्कीले गरेका थिए। सपना सुनार र शान्ति पुनले कार्यक्रम व्यवस्थापनमा सघाएका थिए ।
शुभारम्भको अवसरमा कास्की खबर सञ्चालनका लागि डकुमेन्टेशन तथा रजिष्ट्रेशन प्रकृयामा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा पोखरा मोबाईल टावरका सञ्चालक उदय बहादुर के. सी. (लाहुरे दाई), देवलोक कन्सल्टेन्सीका सञ्चालक निर्मल शर्मा, लेकसिटी प्रिन्टर्सका सञ्चालक राजन पौडेल र स्याण्डी आईटीका सञ्चालक सन्दिप गौतम थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु