आज प्रणय दिवस मनाइँदै

आज प्रणय दिवस मनाइँदै

Love-भ्यालेन्टाइन्स् डे

पोखरा । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।

पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।

नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।

भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।

प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ