काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका लागि आफू सधैँ ’फ्रन्ट लाइन’मा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, सङ्घीयता र जनजीविकाका विषयवस्तु समेटेर ज्ञापनपत्र बुझाएको थियो । भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो समय बाग्लुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि चार जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले शान्ति सुव्यवस्थाको माग गरेको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए । प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको भन्दै संघीयता खारेज गर्नुपर्ने मागबाहेक अन्य मुद्दाहरूमा आफू जनमोर्चासँगै रहेको बताएका थिए ।
सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
पूर्वराजारानी पोखरा भ्रमणमा आउँदै
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?